Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

माओवादी बैठकमा कृष्णबहादुर महराले गरे पार्टी एकताबारे ब्रिफिङ

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकमा उपाध्यक्ष तथा पार्टी एकताका लागि गठन कार्यदलका संयोजक कृष्णबहादुर महराले पछिल्लो प्रगतिबारे जानकारी गराएका छन् ।

पार्टी कार्यालय पेरिसडाँडामा जारी स्थायी कमिटीको बैठकमा संयोजक महराले पार्टी एकताका लागि दलहरुसँग भएका पछिल्ला प्रयासहरुबारे बिफिङ गरेका हुन् ।

माओवादीले एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालगायत कम्युनिष्ट पार्टीहरुसँग एकताको प्रयास गरिरहेको छ । बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने सहमति भइसकेको छ । नेकपा एस, विप्लवलगायतका दलहरुसँग पनि संवाद जारी राखेको छ ।

माओवादी स्थायी समिति बैठक बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा चलिरहेको छ।

पुष २३ गते माओवादी पदाधिकारी बैठकले महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो। टोलीमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा, वर्षमान पुन र शक्तिबहादुर बस्नेत छन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077