Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • विज्ञ भन्छन् – आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो

    विज्ञ भन्छन् – आइकाओको मापदण्ड पूर्ण पालना नहुँदा हवाई दुर्घटना बढ्यो

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 741
    SHARES

    काठमाडौं । विज्ञहरुले अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले निर्दिष्ट गरेका मादपण्डहरुको पूर्ण पालना हुन नसक्दा नेपालमा हवाई दुर्घटना बढेको औंल्याएका छन् ।

    राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक सञ्जीव गौतम, तत्कालीन हवाई विभागका महानिर्देक वीरेन्द्रबहादुर देउजा, नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर अच्युतराज पहाडीले उक्त धारणा राखेका हुन् ।



    उनीहरुले नेपालको हवाई क्षेत्रलाई सुरक्षित बनाउन तत्काल दक्ष जनशक्ति परिपूर्ति गर्नुपर्नेमा पनि जोड दिएका थिए ।



    नेपाल एयरलाइन्सका पूर्वइन्जिनियर डाइरेक्टर पहाडीले आईकाओले निर्दिष्ट गरेका मापदण्डहरुको पूर्ण पालना गर्न सके नेपालको हवाइ सेवा सुरक्षित हुने र दूर्घटना आफैं न्यूनीकरण हुँदै जाने बताए।

    उनले दक्ष जनशक्तिको व्यवस्थापनमा पनि नेपाल हवाइ सेवा प्रदायक संस्थाहरुले विशेष ध्यान दिनुपर्ने बताए।

    यस्तै हवाई विभागका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाले हवाई सेवा सुरक्षित र भरपर्दो बनाउन सेवा प्रदायक संस्थाहरुलाई व्यावसायिक ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको औंल्याए ।

    उनले हवाई दुर्घटनाका प्रतिवेदनले दिएको सुझावका आधारमा अघि बढ्दा पनि दुर्घटनालाई न्यूनिकरण गर्दै लैजान सकिने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार