Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पूर्वसचिव रामेश्वर खनालले सुरू गरे नयाँ वैवाहिक जीवन

काठमाडौं । पूर्वसचिव रामेश्वर खनालले बिहे गरेका छन्। बिहीबार श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन्।

पूर्वअर्थसचिव रामेश्वर खनालको यो दोस्रो विवाह हो। उनको पहिलो श्रीमतीको ४ वर्षअघि मृत्यु भएको हो।

पहिलो श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए। सरिता शर्मा समेत एकल जीवन बिताइरहेकी थिइन्। उनीहरु दुईबीच विवाह भएको हो।

खनाल पछिल्लो समय प्राध्यापन पेशामा छन् भने उनी अर्थविद्को रुपमा समेत परिचित छन्।

अर्थविज्ञका रुपमा समेत चिनिएका पूर्वसचिव खनाल र शर्माले दुवैतर्फको परिवारको उपस्थितिमा केक काटेर नयाँ यात्रा शुभारम्भ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077