Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • सरस्वती पूजा हेरेर घर फर्किँदै गरेकी बालिका अपहरणपछि बलात्कृत, एकजना पक्राउ

    सरस्वती पूजा हेरेर घर फर्किँदै गरेकी बालिका अपहरणपछि बलात्कृत, एकजना पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, १३ माघ २०७९
  • 486
    SHARES

    फाइल तस्विर

    सिराहा । सरस्वती पूजा हेरेर घर फर्किँदै गरेकी १४ वर्षीया बालिका सिराहाको सदरमुकाममा बलात्कृत भएकी छिन् ।

    सरस्वती पूजा हेरेर घर फर्किने क्रममा पूर्व–पश्चिम हुलाकी सडकको सिराहा–सन्हैठाखण्डबाट दुई युवकले उनलाई अपहरण गरेर सिराहाको सदरमुकाम लगेर बलात्कार गरेका हुन् ।



    जिल्ला प्रहरी कार्यालय सिराहाका अनुसार ती युवकले साथीको कोठामा लगेर बलात्कार गरेको खुलेको छ । बलात्कारमा संलग्नलाई प्रहरीले पक्राउसमेत गरेको छ ।



    पीडितले दिएको सूचनाको आधारमा घटनापछि फरार भएका सिराहा– २२ का २४ वर्षीय सन्तोष यादवलाई सिराहा– २२ अरहा गाउँस्थित मामाघरमा लुकेर बसिरहेको अवस्थामा बिहीबार साँझ नै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।

    ठेगाना नखुलेका २३ वर्षीय सरोजकुमार यादव फरार रहेको र उनको खोजी कार्य जारी रहेको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार