Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीको निर्घात कुटपिटबाट अश्वेत नागरिकको मृत्यु

एजेन्सी । अमेरिकामा प्रहरीको निर्घात कुटपिटबाट एक अश्वेत नागरिकको मृत्यु भएको छ ।

जनवरी ७ मा अमेरिकाको मेम्फिस सहरमा ती अश्वेत युवकलाई प्रहरीले कुटपिट गरेपछि ज्यान गएको हो ।

अन्ततः प्रहरी उक्त कुटपिटसँग सम्बन्धित चारवटा भिडियो सार्वजनिक गर्न बाध्य भएको हो । भिडियोमा प्रहरीले उनलाई निर्ममतापूर्वक कुटेको देखिन्छ । भिडियो सार्वजनिक भएसँगै प्रहरीविरुद्ध अमेरिकामा प्रदर्शन भइरहेको छ ।

जनवरी ७ मा प्रहरीले टायर निकोलस नामका २९ वर्षीय युवकलाई तीव्र गतिमा गाडी चलाएको आरोपमा पक्राउ गरेको थियो ।

पक्राउको तीन दिनपछि उनको मृत्यु भएको थियो । यस घटनामा पाँच प्रहरीलाई हत्याको आरोप लागेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077