Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

२०८० सालको शैक्षिक शत्र वैशाख १ गतेदेखि सुरु हुने

काठमाडौं । आगामी २०८० को  शैक्षिक सत्र वैशाख १ गतेदेखि सुरुगर्ने निर्णय भएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आगामी २०८० को विद्यालय तहको शैक्षिक शत्र वैशाख १ गते प्रारम्भ भई चैत मसान्तसम्म कायम हुने निर्णय गरेको हो ।

शिक्षा नियमावली, २०५९, (संशोधनसहित) को नियम ८४ (१) बमोजिम ६ माघमा मन्त्रीस्तरीय निर्णयले वैशाख १ गतेदेखि शुरू गर्ने निर्णय गरेको हो ।

कतिपय जिल्ला तथा विद्यालयहरूबाट शैक्षिक शत्र कहिलेदेखि शुरू हुने भनेर शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जिज्ञासा राख्दै आएका थिए । चालू शैक्षिक शत्र असार १ गतेदेखि सुरू भएको थियो ।

हरेक वर्ष बैशाख महिनादेखि नयाँ शैक्षिक शत्र सुरु हुनुपर्नेमा कोरोना महामारीका कारण शैक्षिक सत्र पर धकेलिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077