Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

उपकार लघुवित्तले ६१ प्रतिशत बोनस सेयर दिने

काठमाडौं । वित्तीय संस्थाले आफ्ना लगानीकर्ताहरुलाई आकर्षक लाभांश वितरणको प्रस्ताव गरेको छ ।

लघुवित्तले आफ्ना लगानीकर्ताहरुलाई ६१.७५ प्रतिशत बोनस सेयर र ३.२५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको ५५ औं सञ्चालक समितिको बैठकले चुक्ता पूँजी ६ करोड ५६लाख २५ हजार रुपैयाँको ६५ प्रतिशत लाभांस वितरण गर्ने प्रस्ताव गरेको छ ।

यो प्रस्ताव कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लागू हुनेछ ।

साधारणसभाबाट पारित भएपछि कम्पनीले ६१.७५ प्रतिशतले हुन आउने ४ करोड ५ लाख रुपैयाँ र ३.२५ प्रतिशत २१ लाख ३२ हजार ८०० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077