Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्रीबारे निर्णयको जिम्मा प्रधानमन्त्रीलाई दिएका छौँ : कृष्णबहादुर महरा

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले गृहमन्त्रीबारे निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई दिएको बताएका छन् ।

माओवादी केन्द्रको सोमबार बसेको पदाधिकारी बैठकपछि गृहमन्त्रीबारे निर्णय गर्ने प्रचण्डले गर्ने बताएका हुन् ।

महराले भने,'गृहमन्त्रीबारे कुरै भएन प्रवेश नै भएन। यसबारे प्रधानमन्त्री आफैंले निर्णय गर्नु हुन्छ। यो सरकारको विषय हो।यसबारेमा कुरा भए स्थायी समितिमा होला।'

गत शुक्रबार सर्वोच्च अदालतको आदेशपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजीनामा दिएपछि गृहमन्त्री पद खाली छ। यस्तोमा रास्वपाको आइतवार बसेको केन्द्रीय समिति बैठकले गृहमन्त्रीमा आफ्नो दाबी रहने बताएको थियो।

सत्ता गठबन्धनको भाबन्डामा गृह आफूहरुकै भएकाले त्यसमा कसलाई पठाउने भन्ने टुंगो लगाउने रास्वपाले जनाएको थियो।

त्यहीअनुसार रास्वपा सभापतिमा शुक्रबारै फर्किएका लामिछानेले बालुवाटार पुगेर आफूलाई गृहमन्त्रीमा फर्काउन प्रधानमन्त्री प्रचण्डसँग अनुरोध गरेका थिए।

तर गृहमन्त्रालय आफ्नै पार्टीमा राख्ने मुडमा रहेका प्रचण्डले रविलाई ठोस जवाफ नदिइ फिर्ता पठाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077