Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हिमालय रोडिजको पाँचौं सिजनलाई सुरज सिंह ठकुरीले होस्ट गर्ने

काठमाडौं । टेलिभिजन रियालिटी शो हिमालय रोडिजको पाँचौं सिजनलाई टीभी पर्सनालिटी तथा अभिनेता सुरजसिंह ठकुरीले होस्ट गर्ने भएका छन् ।

सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ठकुरीसँग सम्झौतापत्रमा हस्ताक्षर भएको छ । उक्त अवसरमा सिजन-५ को औपचारिक घोषणा समेत भयो ।

२० वर्षदेखि कान्तिपुर टिभीमा आवद्ध चर्चित टेलिभिजन प्रस्तोता ठकुरी कान्तिपुर टेलिभिजन छोडेर हिमालय टेलिभिजनमा प्रवेश गरेका छन् ।

हिमालय टेलिभजनबाट आउँदो वैशाखदेखि प्रशारण हुने हिमालय रोडिजको नयाँ सिजनमा उनी होस्टका रुपमा देखिने छन् । आजैबाट उक्त शोको डिजिटल अडिसन खुला गरिएको छ ।

पत्रकार सम्मेलनमा पाँचौ सिजनको प्रोमो समेत सार्वजनिक गरियो जसमा होस्ट समेत रहेका ठकुरीलाई फिचर्ड गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077