Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आर्थिक संकटबारे प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै एकीकृत समाजवादी

काठमाडौं । देशको आर्थिक संकट र समाधानका विषयमा नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'लाई ज्ञापन पत्र बुझाउने भएको छ ।

आज बिहान ९ बजे एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको नेतृत्वको प्रतिनिधि मण्डलले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाउन लागेको हो ।

चरम आर्थिक सङ्कट परेको, बैंकको ब्याजदरमा असमान वृद्धि हुँदा सर्वसाधारणलाई समस्या परेको, निर्यातको दाँजोमा आयत बढी हुँदा देश आर्थिक अवस्था नाजुक हुँदै गएको भन्दै एकीकृत समाजवादीले ज्ञापन पत्र बुझाउन लागेको छ ।

नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएपनि सरकारमा भने सहभागी भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077