Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • ग्राहक घटेपछि मार्च अन्तिमदेखि पासवर्ड शेयरिङ बन्द गर्दै नेटफ्लिक्स

    ग्राहक घटेपछि मार्च अन्तिमदेखि पासवर्ड शेयरिङ बन्द गर्दै नेटफ्लिक्स

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 648
    SHARES

    काठमाडौं । नेटफ्लिक्सले आगामी मार्च अन्तिमदेखि पासवर्ड सेयरिङको सुविधा बन्द गर्ने भएको छ ।

    सब्सक्रिसन गर्नेहरूको संख्या घटेको भन्दै उसले पासवर्ड शेयरिङ प्रणाली हटाउने तयारी गरेको छ ।



    नेटफ्लिक्सले अघिल्लो साता आफ्ना सेयरहोल्डरलाई बुझाएको एक समीक्षा पत्रमा आफ्ना प्रयोगकर्ताले पाउँदै आएको निःशुल्क पासवर्ड सेयरिङ सुविधा मार्च अन्त्यदेखि बन्द हुने जनाएको छ ।



    यसअघि अक्टोबरमा नेटफ्लिक्सले कम्पनीको प्रयोगकर्तामा आएको कमी र घट्दो आम्दानीलाई दृष्टिगत गर्दै पासवर्ड सेयर गर्न शुल्क लिने बताए पनि कहिलेदेखि सुरु हुने भन्नेबारे खुलाएको थिएन ।

    कम्पनीले एक प्रयोगकर्ताका लागि एउटा मात्रै ‘होम’ अकाउन्ट उपलब्ध हुने र बाँकी अतिरिक्त होमका लागि शुल्क लाग्ने घोषणा गरिसकेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार