Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • नेटफ्लिक्सले सार्वजनिक गर्यो स्मार्टफोनमा खेल्न मिल्ने ५ भिडिओ गेम

    नेटफ्लिक्सले सार्वजनिक गर्यो स्मार्टफोनमा खेल्न मिल्ने ५ भिडिओ गेम

    अनलाइन नेपाल
  • सोमबार, २२ कार्तिक २०७८
  • 1K
    SHARES

    एजेन्सी । भिडिओ गेमको बजारमा प्रवेश गर्दै नेटफ्लिक्सले विश्वभरि उपलब्ध हुनेगरी पाँचवटा गेम सुरु गरेको छ। गत साता मङ्गलवारदेखि एन्ड्रोइड एपलाई अद्यावधिक गर्दा नेटफ्लिक्सका डाउनलोड गर्न सकिने गेमहरू देखा पर्नेछन्।

    पहिलो चरणमा नेटफ्लिक्स ग्राहकका लागि यी गेमहरू उपलब्ध छन्:



    स्ट्रेन्जर थिङ्स: १९८४
    स्ट्रेन्जर थिङ्स ३: द गेम
    कार्ड ब्लास्ट
    टीटर अप
    शूटिङ हूप्स



    ‘यो लामो यात्राको आरम्भ मात्रै भए पनि हामी अहिले बजारमा उपलब्धभन्दा फरक किसिमले बिनाविज्ञापन, बिना थप खर्च र नेटफ्लिक्स ग्राहकलाई मोबाइल गेमहरू सुविधा दिन पाउँदा उत्साहित छौँ,’ कम्पनीले बताएको छ।

    अहिले भएका गेमहरूको ग्राफिक्स सामान्य र खेल्न सहज भए पनि नेटफ्लिक्सले पछि सबैखाले गेमरलाई हुनेगरी गेमहरू राख्ने जनाएको छ। नेटफ्लिक्सले यो बजारमा प्रवेश गर्न गेम विकासका प्रमुखका रूपमा ईए र फेसबुकका काम गरिसकेका माइक भेर्डुलाई भित्र्याएको छ।

    अहिलेलाई एन्ड्रोइडमा मात्रै उपलब्ध भए पनि गेमको सुविधा एपलमा पनि आउँदा महिनाहरूमा उपलब्ध हुने नेटफ्लिक्सले जनाएको छ। एपलले यसअघि अन्य एपभित्र गेम राख्न खोज्दा त्यसलाई असहयोग गरेको थियो।

    माइक्रोसफ्टले सन् २०२० मा गेमपास एप सुरु गर्दा एपलले त्यसभित्र भएका १०० वटा गेम छुट्टाछुट्टै रूपमा उपलब्ध हुनुपर्ने भन्दै त्यसलाई आफ्नो एप स्टोरमा राख्न दिएको थिएन। त्यसपछि माइक्रोसफ्टले एपलको सफारी ब्राउजर प्रयोग गरेको थियो।

    नेटफ्लिक्सले एपलसँग त्यस्तो कुनै समस्या भएको विषयमा बोलेको छैन। एपल प्रयोगकर्तासम्म पुग्न ढिला भए पनि माइक्रोसफ्ट अहिले गेमिङमा प्रभुत्व जमाउन सफल भएको छ।

    यसको एक्सबक्स गेमपास सेवामा माइक्रोसफ्टका सबै गेमहरू उपलब्ध छन् जुन एक्सबक्स उपकरण वा मोबाइलमा खेल्न सकिन्छ। माइक्रोसफ्टमा मासिक आठदेखि ११ यूरो तिर्ने करोडौँ ग्राहकहरू भएको बताइन्छ। बीबीसी नेपाली

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार