Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • एन्ड्रोइड फोनमा फिरौती माग्ने भाइरस फैलियो

    एन्ड्रोइड फोनमा फिरौती माग्ने भाइरस फैलियो

    अनलाइन नेपाल
  • आइतबार, २५ असोज २०७७
  • 3.9K
    SHARES

    एजेन्सी । माइक्रोसफ्ट कम्पनीले एन्ड्रोइड स्मार्टफोन प्रयोगकर्ताका लागि एक गम्भीर चेतावनी जारी गरेको छ । एन्ड्रोइड फोनमा एक फिरौती माग्ने भाइरस अर्थात् रेनसमवेयर फैलिरहेको तथ्य खुलासा गर्दै माइक्रोसफ्टले फोन प्रयोगकर्ताहरुलाई सचेत बनाएको हो ।

    उक्त रेनसमवेयरको नाम MaiLocker.B रहेको छ । यो भाइरस अनलाइन फोरम तथा वेबसाइटहरुको माध्यमबाट फैलिरहेको र एन्ड्रोइड प्रयोगकर्ताहरुलाई निशाना बनाइरहेको माइक्रोसफ्टले जनाएको छ ।



    उक्त भाइरस विभिन्न खाले अनधिकृत एपहरुमा लुकेर रहने हुनाले कुनै पनि साइटबाट एपहरु डाउनलोड गर्दा सावधानी अपनाउनुपर्ने तथा आधिकारिक एपस्टोर भन्दा बाहिरबाट एपहरु डाउनलोड गर्न नहुने विज्ञको सुझाव छ ।



    उक्त रेनसमवेयरले स्मार्टफोनमा आक्रमण गरेसँगै प्रयोगकर्तालाई फोनको स्क्रिन चलाउनबाट रोक्दछ र स्क्रिनलाई फ्रिज गरिदिन्छ । त्यसक्रममा स्क्रिनमा एउटा सन्देश पनि डिस्प्ले हुन्छ । उक्त सन्देशमा कानून कार्यान्वयन एजेन्सीबाट सो सन्देश रहेको भन्दै स्क्रिन अनलक गर्नका लागि पैसा तिर्नुपर्ने जानकारी गराइएको हुन्छ ।

    यो फिरौती माग्ने भाइरसले कल नोटिफिकेसनको फाइदा उठाउँदछ । जब स्मार्टफोनमा कल आउँदछ तब भाइरस सक्रिय हुन्छ । साथै जब प्रयोगकर्ताले होम बटन वा रिसेन्ट एप बटन थिच्दछ तब भाइरसले सोही मेसेजसँगै स्क्रिन लक गरिदिन्छ ।

    माइक्रोसफ्टका अनुसार अधिकांस एन्ड्रोइड भाइरसभन्दा फरक यस भाइरसले स्मार्टफोनका फाइललाई एनक्रिप्ट गरेर त्यसमाथिको पहुँचलाई रोक्दैन । त्यसको साटो यसले स्क्रिनलाई लक गरिदिन्छ र स्क्रिन खोल्नका लागि फिरौती माग्दछ ।

    यो फिरौती भाइरसले प्रयोगकर्ताका स्मार्टफोनका डाटा चोर्छ वा चोर्दैन भन्ने बारेमा कुनैपनि जानकारी छैन । तथापि यसले स्मार्टफोनमा आक्रमण गरी फिरौति नतिरेसम्म स्मार्टफोनलाई लगभग निकम्मा बनाइदिन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार