Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • विश्वका १४ देशमा फैलियो ‘मंकीपक्स’ भाइरस

    विश्वका १४ देशमा फैलियो ‘मंकीपक्स’ भाइरस

    अनलाइन नेपाल
  • सोमबार, ९ जेष्ठ २०७९
  • 2K
    SHARES

    फाइल तस्विर

    एजेन्सी । केही दिनयता विभिन्न १४ देशमा ‘मंकीपक्स’ भाइरसको संक्रमण फेला परेको छ ।

    ‘मंकीपक्स’ भाइरस फैलिएका देशहरु अमेरिका, क्यानडा, अस्ट्रेलिया, इजरायल, यूके, जर्मनी, स्विट्जरल्यान्ड, स्पेन, पोर्चुगल, बेल्जियम, फ्रान्स, द नेदरल्यान्ड्स, इटाली र स्वीडेनमा संक्रमण पुष्टि भइसकेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ ।



    डब्लूएचओका अनुसार मंकीपक्स भाइरस एकबाट अर्को व्यक्तिमा घाउ, हाच्छिउँ गर्दा निस्कने थुकलगायतका तरल पदार्थका माध्यमबाट फैलिन्छ । त्यस्तो तरल पदार्थ श्वासनली, आँखा, मुख वा नाकबाट छिर्न सक्ने जनाइएको छ ।



    त्यस्तै, संक्रमित जनावरहरू जस्तै बाँदर वा मुसाको सम्पर्कबाट पनि यो भाइरस सर्न सक्छ । संक्रमितले प्रयोग गरेका लुगा वा सामानबाट पनि सर्न सक्ने डब्लूएचओले जनाएको छ ।

    यो भाइरस ८० भन्दा बढी व्यक्तिमा संक्रमण पुष्टि भएको र शंकास्पद ५० बारे अनुसन्धान भइरहेको संगठनले जनाएको छ । मंकीपक्स संक्रमण भएका व्यत्तिहरुमा ज्वरो आउने, जीउ सुन्निने र ढाड, टाउको र मांसपेशी दुख्ने गर्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार