Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • भारतमा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु

    भारतमा मंकीपक्स संक्रमणबाट एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १६ साउन २०७९
  • 888
    SHARES

    फाइल तस्विर

    एजेन्सी । भारतमा मंकीपक्सबाट पहिलो मृत्युको आधिकारिक पुष्टि भएको छ । केरला राज्यकी स्वास्थ्य मन्त्री वीणा जर्जले भारतमा मंकीपक्सका कारण पहिलो मृत्यु भएको पुष्टि गरेकी हुन् ।

    मंकीपक्सबाट मृत्यु हुनेमा २२ बर्षिय युवा रहेका छन् । उनी जुलाई २२ मा संयुक्त अरब इमिरेट्सबाट केरला आएको मन्त्री जर्जले बताएकी छन् ।



    जुलाई १९ मा ती युवकले युएईमा नै मंकीपक्सको परीक्षण गराएका थिए भने उनको रिपोर्ट पोजेटिभ आएको थियो । २६ जुलाईको राती आफूमा मंकिपक्सको लक्षण देखिएपछि युवक आफ्नो परिवारसँगै रहेका थिए ।



    उनलाई २७ जुलाईमा अस्पताल भर्ना गरिएको थियो । २८ जुलाईमा अवस्था बिग्रिएपछि उनलाई भेन्टिलेटरमा राखिएको थियो र ३० जुलाईमा उनको मृत्यु भयो ।

    उनको मृत्युपछि आएको रिपोर्टमा उक्त व्यक्तिलाई मन्कीपक्स पोजेटिभ भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार