Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मंकीपक्स देखिएपछि चिनियाँ स्वास्थ्य अधिकारीले दिए विदेशीलाई नछुन चेतावनी

    मंकीपक्स देखिएपछि चिनियाँ स्वास्थ्य अधिकारीले दिए विदेशीलाई नछुन चेतावनी

    अनलाइन नेपाल
  • मंगलबार, ४ असोज २०७९
  • 849
    SHARES

    एजेन्सी । चीनमा मंकीपक्सका एक संक्रमित फेला परेसँगै एक शीर्ष चिनियाँ स्वास्थ्य अधिकारीले विदेशी नागरिकको सम्पर्कमा नआउन चेतावनी दिएका छन्।

    चिनियाँ सामाजिक सञ्जाल वेइबोमा गरेको एक पोस्टमा चिनियाँ रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख महामारीविद वु जुनयोउले मानिसहरुलाई विदेशीसँग छालासँग छाला छोइने किसिमको कुनै पनि सम्पर्क नगर्न चेतावनी दिएका हुन्।



    उनको यो पोस्टसँगै एक विवाद उत्पन्न भएको छ। यसलाई धेरैले नश्लभेदी अभिव्यक्ति भएको बताएका छन्।



    वुले गरेको पोस्टमा पछिल्लो तीन सातामा बाहिरबाट आउने मानिसको सम्पर्कबाट बच्न सुझाव दिइएको छ। अहिलेसम्म चीनमा फेला परेका मंकीपक्सका संक्रमित चिनियाँ हुन् भन्ने खुलेको छैन। दक्षिण पश्चिमी सहर चोंगक्विंगमा विदेशबाट आएका एक व्यक्तिमा मंकीपक्स देखिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार