Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • मंकीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

    मंकीपक्सविरुद्ध खोप लगाउँदै थाइल्याण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १७ साउन २०७९
  • 837
    SHARES

    फाइल तस्विर

    एजेन्सी । सरकारले मंकीपक्सविरुद्ध खोप लगाउने भएको छ । उच्च जोखिममा रहेका समूहलाई खोप लगाउने योजना रहेको थाई स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

    उक्त मन्त्रालयका अनुसार एक हजार मात्रा खोपको पहिलो खेप यही महिना र दोस्रो खेप दुई सातापछि थाइल्याण्ड आइपुग्‍ने अपेक्षा गरिएको छ । खोपको पहिलो खेप पाँच सय जनाका लागि उपलब्ध हुने तर कुन समूहलाई प्राथमिकतामा राख्‍ने भन्‍ने निर्णय भइसकेको छैन ।



    देशमा हालसम्म मंकीपक्सका दुईजना बिरामी फेला परेका छन् । फुकेट टापुमा परीक्षण गर्दा पहिलो पटक एकजना नाइजेरियाली नागरिक र यहाँ एक थाई नागरिकलाई दोस्रो बिरामीका रूपमा पहिचान गरिएको हो ।



    स्वास्थ्य अधिकारीहरूले रोग पुष्टि भएकाहरूको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरिएको र सङ्क्रमण नफैलिएको जनाउँदै उनीहरूले अहिलेसम्म दक्षिणपूर्वी एसियाली देशमा आधिकारिक रूपमा मंकीपक्स सङ्क्रमण नभेटिएको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार