Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • ट्वीटरसँग भएको सम्झौता भंग गर्ने एलन मस्कको चेतावनी

    ट्वीटरसँग भएको सम्झौता भंग गर्ने एलन मस्कको चेतावनी

    अनलाइन नेपाल
  • बुधबार, २५ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी । विश्वका सबैभन्दा धनाढ्य व्यक्ति एलन मस्क र सोसल मिडिया प्लाटफर्म ट्वीटर यो वर्षको सुरुवातदेखि नै चर्चामा रहँदै आएका छन् । सुरुमा ट्वीटर कम्पनीको १० प्रतिशत शेयर किनेर तहल्का मच्चाएका एलन मस्कले पछि ट्वीटर कम्पनी नै  खरीद गर्ने प्रस्ताव गरेपछि धेरैले यसलाई पत्याएनन् ।

    तर ट्वीटरको बोर्डले नै मस्कको प्रस्ताव बमोजिम कम्पनी बिक्री गर्ने निर्णय गरेपछि मस्क र ट्वीटरबीच कम्पनी खरीदको समझदारी भयो । तर पछिल्लो समय मस्कले ट्वीटर खरीदको समझदारीबाट पछि हट्ने संकेत गरिरहेका छन् । उनले ट्वीटरसँग भएको सम्झौता भंग गर्ने चेतावनी नै दिएका छन् ।



    ट्वीटरमा रहेका फेक अकाउन्टहरुको तथ्यांक प्रष्ट रुपमा उपलब्ध गराउन माग गर्दै उनले यदि कम्पनीले त्यस्तो डाटा उपलब्ध नगराएमा आफूले ट्वीटर खरीद नगर्ने बताएका हुन् । यही कारण देखाउँदै उनले अघिल्लो महिना नै ट्वीटर खरीद सम्झौतालाई यथास्थितिमा राखेको घोषणा गरेका थिए ।



    ट्वीटरमा रहेका फेक वा स्पाम अकाउन्टको संख्या कूल अकाउन्टको कति प्रतिशत हो भन्ने आफूले जान्न चाहेको र ट्वीटर कम्पनीबाट यसको एकीन र प्रमाणित जवाफ नआएसम्म खरीद सम्झौता यथास्थितिमा रहने उनले बताएका थिए । ट्वीटरले आफ्नो प्लाटफर्ममा फेक अकाउन्टको संख्या ५ प्रतिशत भन्दा पनि कम रहेको दाबी गर्दै आएको छ, तर एलन मस्क त्यसलाई मान्न तयार छैनन् । फेक अकाउन्टको संख्या त्यो भन्दा निकै बढी रहेको उनको दाबी छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार