Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • ट्वीटरको नयाँ डोमेन यौनसँग जोडिएको भन्दै इन्डोनेसियाले लगायो प्रतिबन्ध

    ट्वीटरको नयाँ डोमेन यौनसँग जोडिएको भन्दै इन्डोनेसियाले लगायो प्रतिबन्ध

    अनलाइन नेपाल
  • बुधबार, १० साउन २०८०
  • 567
    SHARES

    काठमाडौं । यौनजन्य नाममा वेबसाइट ठेगाना आएको भन्दै इन्डोनेसियाले सामाजिक सञ्जाल प्लेटफर्म ट्वीटरको वेबसाइटलाई प्रतिबन्ध लगाएको छ ।

    ट्वीटरको वेबसाइटलाई परिवर्तन गरेर ‘एक्स डटकम’ बनाएसँगै इन्डोनेसियाले उक्त डोमेन प्रतिबन्ध लगाएको हो ।



    इन्डोनेसियाका सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता उसमान कानसोङले ट्वीटरको उक्त डोमेनले पहिले पोर्न साइटको रूपमा रहेका वेबसाइटको झल्को दिएको आरोप लगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।



    अमेरिकी अर्बपति, ट्वीटरका सीईओ एलन मस्कले केहीदिनअघि मात्रै लोगो परिवर्तन गरेर निलो चराको स्थानमा अंग्रेजी अक्षर ‘एक्स’ राखेका हुन् ।

    ट्विटरको नयाँ लोगोले प्रयोगकर्ताहरुको राम्रो रेस्पोन्स भने पाइरहेको छैन । उनले अन्तरिक्ष कम्पनीको नाम पनि स्पेस एक्स नै राखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार