Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एलन मस्कले फेरे ट्विटरको लोगो, निलो चरो हटाएर राखे एक्स

    एलन मस्कले फेरे ट्विटरको लोगो, निलो चरो हटाएर राखे एक्स

    अनलाइन नेपाल
  • सोमबार, ८ साउन २०८०
  • 600
    SHARES

    एजेन्सी । अमेरिकाका अर्बपति एलन मस्कले माइक्रोब्लगिङ साइट ट्विटरको लोगो परिर्वतन गरेका छन् ।

    यसअघिसम्म ट्विटरको लोगोमा चरा थियो, तर मस्कले यसको साटो अंग्रेजी अक्षर एक्स ल्याएका हुन् ।



    ट्विटरको नयाँ डिजाइनमा कालो पृष्ठभूमिमा सेतो रंगमा लेखिएको अंग्रेजी अक्षर एक्स देखिन्छ ।



    मस्कले यसअघि पनि ट्विटरको लोगो परिर्वतन गर्ने प्रयास गरेका थिए । उनले निलो चराको सट्टा कुकुर अंकित लोगो सार्वजनिक गरेका थिए ।

    आफूले किनेदेखि नै मस्कले ट्विटरको रिब्रान्डिङ गर्ने भन्दै विभिन्न परिवर्तन गरिरहेका छन्। केही समयअघि उनले भेरिफाइड हुन पैसा तिर्नुपर्ने नियम ल्याएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार