Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • भिडियो कल गर्न सकिने फिचर सार्वजनिक गर्दै एक्स

    भिडियो कल गर्न सकिने फिचर सार्वजनिक गर्दै एक्स

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 483
    SHARES

    एजेन्सी । सामाजिक सञ्जाल कम्पनी एक्स ट्विटरले अडियो–भिडियो कलिङ सुविधासहितको फिचर सार्वजनिक गर्ने भएको छ।

    कम्पनीका मालिक एवं प्रमुख टक्नोलोजी अफिसर एलन मस्कले एक रिपोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।



    एक्सलाई सुपरएपका रूपमा विकास गर्ने मस्कको योजनाको अर्को एक हिस्साका रूपमा यसलाई हेरिएको छ । अहिले एक्सले सीमित प्रयोगकर्ताका लागि यो फिचर सार्वजनिक गरेको छ ।



    एक्समा अडियो तथा भिडियो कल गर्न अहिले पहुँच पाएका प्रयोगकर्ताले सेटिङमा गएर प्राइभेसी एन्ड सेफ्टीबाट डाइरेक्ट म्यासेजमा क्लिक गरेपछि अडियो तथा भिडियो कल फिचर अन गर्न सकिनेछ ।

    सबै प्रयोगकर्ताका लागि यो फिचर कहिले सार्वजनिक हुन्छ भन्ने खुलाइएको छैन । मस्कले यो फिचर अहिले प्रारम्भिक चरणमा रहेको बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार