Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • एलन मस्क फेरि विश्वकै धनी व्यक्ति, बर्नार्ड दोस्रोमा झरे

    एलन मस्क फेरि विश्वकै धनी व्यक्ति, बर्नार्ड दोस्रोमा झरे

    अनलाइन नेपाल
  • मंगलबार, १६ फाल्गुन २०७९
  • 459
    SHARES

    एजेन्सी । एलन मस्क फेरि विश्वको सर्वाधिक धनी व्यक्तिको सूचीको शीर्ष स्थानमा उक्लिएका छन् ।

    ब्लूमबर्गको तथ्यांकअनुसार यसअघि दोस्रो नम्बरमा झरेका मस्क फेरि शीर्ष स्थानमा उक्लिएका हुन् ।



    सिएनएनका अनुसार गत वर्षको डिसेम्बरमा फ्रान्सेली लक्जरी ब्रान्ड लुइ भुटनका सीईओ बर्नार्ड अर्नाल्टले टेस्लाका सीईओ मस्कलाई शीर्ष स्थानबाट हटाएर दुई महिनाभन्दा बढी समयदेखि सूचीमा पहिलो नम्बरमा रहदै आएका थिए ।



    सोमबार टेस्ला स्टकमा बढोत्तरी भएसँगै मस्कलाई विश्वका धनी व्यक्तिको सूचीमा शीर्षमा फर्काएको हो ।

    मस्कको कुल सम्पत्ति सोमबार लगभग १८७.१ बिलियन पुगेको छ। जब अर्नाल्टको सम्पत्ति १८५.३ बिलियन रहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार