Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति

    एलन मस्क फेरि भए विश्वको धनी व्यक्ति

    अनलाइन नेपाल
  • बिहिबार, १८ जेष्ठ २०८०
  • 1.7K
    SHARES

    एजेन्सी । विद्युतीय गाडी टेस्ला मोटर्सलगायत कम्पनीका मालिक एलन मस्क पुनः विश्वका सर्वाधिक धनाढ्य व्यक्ति बनेका छन् ।

    ब्लुमबर्गको रिपोर्ट अनुसार मस्क पुनः विश्वको सबैभन्दा धनी व्यक्ति बनेका हुन् । मस्कको कुल सम्पत्ति १९२ अर्ब डलर छ।



    यसअघि विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा रहेका चर्चित फेसन ब्रान्ड लुई भिटनका प्रमुख कार्यकारी अधिकृत (सीईओ)बर्नार्ड अर्नाल्टको सम्पत्ति मस्कको भन्दा कम छ । अर्नाल्टको कुल सम्पत्ति १८७ अर्ब डलर रहेको छ।



    ब्लूमबर्गका अनुसार डिसेम्बरमा मस्कलाई उछिनेका फ्रान्सेली अर्बपति अर्नाल्टको स्टकमा गिरावट आएपछि सम्पत्ति घटेको हो।

    यसअघि मस्क विश्वको सर्वाधिक धनाढ्य व्यक्तिको सूचीको पहिलो स्थानमा थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार