Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • जब पहाडमा फसेका गाईहरूको हेलिकप्टरमार्फत् उद्धार गरियो (भिडियो)

    जब पहाडमा फसेका गाईहरूको हेलिकप्टरमार्फत् उद्धार गरियो (भिडियो)

    अनलाइन नेपाल
  • आइतबार, १३ भाद्र २०७८
  • 1.9K
    SHARES

    एजेन्सी । हामीले घाइते भएर अप्ठ्यारा ठाउँहरुमा फसेका मानिसहरुलाई हेलिकप्टरमार्फत् उद्धार गरिएको खबर त सुन्दै अनि देख्द्दै आएका छौं । तर, यसपटक भने युरोपेली देश स्वीट्जरल्यान्डले पहाडी क्षेत्रमा घाइते भएर फसेका गाईहरूको हेलिकप्टरबाट उद्धार गरेको खबर प्राप्त भएको छ ।

    अन्तराष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार गर्मी मौसममा उच्च स्थानका चौरमा चर्न गएका गाईहरु घाइते भएपछि शुक्रबार हेलिकप्टरबाट उद्धार गरिएको हो ।



    चर्न गएका गाईहरुमध्ये घाइते भएपछि हिँडेर तल झर्न नसक्ने अवस्थामा रहेका १० वटा गाईहरूलाई हेलिकप्टरबाट उद्धार गरी पहाडको फेदमा पुर्‍याइएको भिडियोमा देख्न सकिन्छ।



    हेर्नुहोस् भिडियो :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार