Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिममा नाउपाकी सांसद थापाले लिइन् कृषिमन्त्रीको शपथ

    सुदूरपश्चिममा नाउपाकी सांसद थापाले लिइन् कृषिमन्त्रीको शपथ

    अनलाइन नेपाल
  • मंगलबार, १८ बैशाख २०८१
  • 270
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्ति पार्टी(नाउपा)की सांसद टीका थापा मन्त्री बनेकी छन् ।

    प्रदेश प्रमुख नजिर मियाँले आज थापालाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराएका हुन्।



    मंगलबार बिहान बसेको सत्तारूढ गठबन्धनको बैठकले नाउपालाई कृषि मन्त्रालय दिने सहमति गरेको थियो।



    नाउपाका कैलाश चौधरीलाई मुख्यमन्त्री सोडारीले यसअघि नै भौतिक पूर्वाधार विकास मन्त्री नियुक्त गरेका थिए।

    मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज मन्त्री मण्डल विस्तार गर्दै थापालाई नियुक्त गरेका थिए ।

    यसअघि थापालाई विना विभागीय मन्त्री बनाउन लागिएको थियो ।

    तर उनी विना विभागीय मन्त्रीको शपथ लिन अस्वीकार गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार