Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने स्मार्टफोन

    एकपटक चार्ज गरेपछि ९४ दिनसम्म ब्याट्री टिक्ने स्मार्टफोन

    अनलाइन नेपाल
  • शनिबार, २१ जेष्ठ २०७९
  • 1.1K
    SHARES

    एजेन्सी ।बजारमा एक पछि अर्को अत्याधुनिक स्मार्टफोन आएसँगै ब्याट्रीको चार्ज नटिक्ने समस्या पनि बढ्दै गएको छ । स्मार्टफोन जति धेरै ठूलो तथा बढि फिचर्सयुक्त भयो ब्याट्रीको खपत पनि उति नै बढि हुन्छ । यस्तोमा कम्पनीहरुले उच्च ब्याट्री क्षमतायुक्त फोनहरु बजारमा ल्याइरहेका छन् ।

    अहिलेसम्म बजारमा ७ हजार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएका केही स्मार्टफोन बजारमा देखिएका छन् । कतिपय स्मार्टफोनमा १० हजार मिलीएम्पियर आवरको ब्याट्री पनि रहेका छन् । तर यी सबै किर्तिमानलाई पछि पार्दै चीनको एक कम्पनीले २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री भएको स्मार्टफोन बजारमा ल्याएको छ ।



    चिनिया ब्राण्ड Oukitelले WP19 नामक स्मार्टफोन सार्वजनिक गरेको छ । यो स्मार्टफोनमा २१ ह्जार मिलिएम्पियर आवर क्षमताको ब्याट्री रहेको छ । यो फोन एकपटक फुलचार्ज गरिसकेपछि केही हप्तासम्म तपाइँले चार्जरको सम्झना नगरेपनि हुन्छ । यो स्मार्टफोनमा एक पटक पूरा चार्ज गरेपछि १ सय २२ घण्टासम्म लगातार फोन कल गर्न सकिन्छ । साथै एक पटक फुलचार्ज गरेको ब्याट्रीले १ सय २३ घण्टासम्म गीत बजाउन सकिन्छ भने ३६ घण्टासम्म लगातार भिडियो चलाउन सकिन्छ ।



    त्यस्तै एकपटक एकपटक फोन चार्ज गरेपछि यो स्मार्टफोन खुल्ला राख्दा ९४ दिन अर्थात् २२ सय ५२ घण्टासम्म यसको चार्ज टिक्दछ । तर यो फोनमा ठूलो ब्याट्री हुनुको घाटा पनि छ । यो फोन पूरा चार्ज हुनका लागि ४ घण्टा लाग्दछ । यसमा २७ वाटको फास्ट चार्जिङ रहेको छ । यो फोनलाई निकै विषम परिस्थितिमा पनि प्रयोग गर्न सकिन्छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार