Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • डेरीमा प्रहरीको छापा : सञ्चालकसहित चार पक्राउ, अखाद्य वस्तु बरामद

    डेरीमा प्रहरीको छापा : सञ्चालकसहित चार पक्राउ, अखाद्य वस्तु बरामद

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 708
    SHARES

    रौतहट । रौतहटको गौर नगरपालिका-५ मा रहेको फूलतारा डेरी उद्योग रौतहटमा प्रहरीले छापा मारेको छ ।

    जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले उद्योगमा मंगलबार छापा मारेको हो ।



    टोलीले भैंसीलगायत पशुको बोसोलाई मेसिनको मद्दतबाट घिउ बनाउन तयार पारिएको अखाद्य वस्तुहरू बरामद गरेको छ ।



    डेरीका सञ्चालक राजपुर नगरपालिका-१ भगवानपुर का महम्मद मतिउल्लाहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    सञ्चालक मतिउल्लाहसहित त्यहाँ कार्यरत अन्य दुई जना कामदार र एक महिलालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार