Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • सोल्टी होटलमा भइरहेको ‘दुबई प्रपर्टी शो’मा प्रहरीको छापा, शो स्थगित

    सोल्टी होटलमा भइरहेको ‘दुबई प्रपर्टी शो’मा प्रहरीको छापा, शो स्थगित

    अनलाइन नेपाल
  • आइतबार, ८ माघ २०७९
  • 534
    SHARES

    काठमाडौं । काठमाडौंको सोल्टी होटलमा चलिरहेको ‘दुबई प्रपर्टी शो’ मा प्रहरीले छापा मारेको छ । शनिबारदेखि काठमाडौंस्थित सोल्टी होटलमा सुरु भएको मेला प्रहरीको हस्तक्षेपमा आज रोकिएको हो ।

    विदेशमा घरजग्गा किन्न बन्देज रहेपनि दुबईमा निर्मित फ्ल्याट र घरको विज्ञापन गर्ने लक्ष्यसहित २ दिनदेखि गुपचुपरुपमा चलिरहेको शोमा आइतबार प्रहरीले छापा मारेको थियो ।



    महानगरीय प्रहरी वृत्ति कालिमाटीका प्रहरी नायब उपनिरीक्षक (डीएसपी) अनिल घिमिरे नेतृत्वको टोलीले शोमा छापा मारेको बताइएको छ । तर, प्रहरीले दुवै प्रपर्टी शोमा ढिला गरी छापा मारेको हो ।



    सोल्टी होटलमा दुवैको द म्याक नामक कम्पनीले २१ र २२ जनवरीमा शो सञ्चालन गरिरहेको थियो । राष्ट्र बैंकले यस्ता मेला आयोजना गर्न नहुने भन्दै सूचना नै जारी गरेको थियो ।

    यस्तो छ राष्ट्र बैंकको सूचना :

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार