Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

    सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

    अनलाइन नेपाल
  • मंगलबार, १७ माघ २०७९
  • 867
    SHARES

    पोखरा । नेपाली क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथि लगाइएको निलम्बन फुकुवा गरिएको छ ।

    पोखरामा मंगलबार बसेको नेपाल क्रिकेट संघ (क्यान) केन्द्रिय कार्यसमितिको बैठकले निलम्बन फुकुवा गरेको हो ।



    पोखरामा मंगलबार भएको केन्द्रिय कार्यसमिति बैठकले निलम्बन फुकुवाको निर्णय गरेको बताइएको छ ।



    उनलाई गत भदौ २३ गते क्यानको कार्यसम्पादन समितिले निलम्बन गर्ने निर्णय गरेको थियो । नाबालिगलाई बलात्कार गरेको आरोप लागेपछि क्यानले लामिछानेलाई निलम्बन गरेको थियो ।

    तर उच्च अदालतले उनलाई धरौटीमा छाड्ने निर्णय गरेसँगै निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो। फेरि मंगलबार मात्रै उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा निवेदन दर्ता गरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार