Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना, तराईंमा हुस्सु र कुहिरो

    आजको मौसम : यी तीन प्रदेशमा हिमपातको सम्भावना, तराईंमा हुस्सु र कुहिरो

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 384
    SHARES

    काठमाडौं । नेपालमा हाल पश्चिमी वायुको प्रभाव रहेको छ । जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको छ ।



    बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ ।



    यसैक्रममा जल तथा मौसम विज्ञान विभागले अब तापक्रम क्रमशः बढ्दै जाने बताएको छ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ ।

    हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार