Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

संसदमा उठ्यो बाँदर आतंक नियन्त्रणको माग

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा एकजना सांसदले बाँदर आतंकबारे कुरा उठाएका छन्।

संसदको शून्य समयमा बोल्दै सांसद ईश्वरबहादुर रिजालले दोलखा जिल्लामा अहिले बाँदरको प्रकोप बढेको गुनासो गरेका हुन्।

बादर आतंक नियन्त्रण गरेर संविधानप्रदत्त खाद्य सुरक्षाको सुनिश्चित गर्न माग गरेका उनले बाली बिमाको कार्यक्रम पनि लागू गर्न सरकारसँग माग गरे ।

जारी बैठकमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077