Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

संसद्‍मा सत्तारूढ दलकै सांसदहरुको दोहोरी

काठमाडौं । बुधबारको प्रतिनिधिसभाको बैठकमा संसदमा सत्तारुढ गठबन्धनकै दलहरुबीच जुहारी चलेको छ ।

संघीयता, गणतन्त्र र धर्म निरपेक्षताबारे मन्त्रीहरुले बोलेको विषयलाई लिएर नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुबीच दोहोरी चलेको हो।

प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा सत्तारुढ नेकपा एमाले र माओवादी केन्द्रका सांसदहरुले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिप्रति असन्तुष्टि जनाए ।

तर राप्रपाका सांसदले त्यसको प्रतिवाद गरेका छन् । एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले राप्रपाका मन्त्रीहरुको अभिव्यक्तिबारे प्रश्न उठाएपछि सांसद ज्ञानेन्द्र शाहीले प्रतिवाद गरेका हुन्।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले सांसद बस्नेतले राप्रपाले संघीयताविरूद्ध दिएका अभिव्यक्तिबारे कडा प्रतिवाद गरे। सांसद शाहीले बस्नेतले बोलेको विषयमा नियमापत्ति जनाए।

एमाले सांसद रघुजी पन्तले प्रधानमन्त्री र राप्रपाका मन्त्रीहरुको मत बाझिएको भन्दै यो राम्रो संकेत नभएको बताए । धर्मको नाममा राजीनीति गर्दा हिन्दुस्तान, पाकिस्तान र बंगलादेश कुनै पनि देश शान्त नभएको भन्दै उनले संविधानले मार्गनिर्देश गरेको विषयबाट विचलित हुन नहुने बताए ।

माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले संसद र सडकमा बहस हुनसक्ने, तर क्यबिनेटमा बसेर संविधानको मूल्य भन्दा बाहिर गएर गर्ने टिप्पणी स्वीकार्य नहुने बताए ।

सत्तारुढ दल राप्रपाका सांसद धवलशम्शेर जबराले त्यसको प्रतिवाद गरेका छन् । आफूहरु नेपालमा सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्न आएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077