Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन – थाती रहेका विधेयकहरु तत्काल संसदमा पेस गर्नू

    मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन – थाती रहेका विधेयकहरु तत्काल संसदमा पेस गर्नू

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 381
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आ–आफ्नो मन्त्रालयमा थाँती रहेका विधेयकहरु तत्काल संसदमा पेश गर्न मन्त्रीहरुलाई निर्देशन दिएका छन् ।

    प्रधानमन्त्री दाहालले गत माघ १६ गते सोमबार सम्पन्न मन्त्रीपरिषद बैठकमा मन्त्रीहरुलाई सो निर्देशन दिएका हुन् ।



    संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले बुधबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग बोल्दै संसदलाई बिजनेश दिने सन्दर्भमा पनि प्रधानमन्त्रीबाट सो निर्देशन आएको स्पष्ट पारे ।



    मन्त्री किरातीले सो सम्बन्धमा बुधबार प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा मन्त्री र मन्त्रालयका सचिवहरुबीच छलफल गरिएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार