Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सरकारले जनतामा आशा जगाउन सकेन, व्यवसायी सुसाइट गरिरहेका छन् : कोइराला

    सरकारले जनतामा आशा जगाउन सकेन, व्यवसायी सुसाइट गरिरहेका छन् : कोइराला

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 684
    SHARES

    फाइल फोटो

    सुनसरी । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले वर्तमान सरकारले जनतामा आशा जगाउन नसकेको आरोप लगाएका छन् ।

    कांग्रेस बराहक्षेत्र नगरपालिका वडा नम्बर ४ कार्यसमितिले बुधबार सुनसरीको जमकोटीमा आयोजना गरेको पार्टी वडा कार्यलयको शिलान्यास समारोहलाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो आरोप लगाएका हुन् ।



    उनले सरकार गठनपछि जनतामा झनै निराशा बढेर गएको बताए ।



    “आर्थिक समस्याकै कारण उद्योगी व्यवसायीहरूले सुसाइट गरिरहेका छन्,” कोइरालाले भने, “यो मुलुकका लागि राम्रो संकेत होइन ।”

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार