Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जाँदै

    परराष्ट्रमन्त्री पौडेल आज श्रीलंका जाँदै

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 795
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौडेल आज श्रीलङ्का जाँदै छिन् ।

    श्रीलङ्काको ७५ औँ स्वतन्त्रता दिवसको अवसरमा श्रीलङ्काका परराष्ट्रमन्त्री एमयूएमअली साबरीको मैत्रीपूर्ण निमन्त्रणामा आज बिहीबार मन्त्री पौडेल श्रीलङ्का जान लागेकी हुन्।



    भोलि शुक्रबार र शनिबार आयोजना हुने दिवससँगै स्वतन्त्रता चोकमा हुने सांस्कृतिक समारोह लङ्काराकङ्कामा परराष्ट्रमन्त्री पौडेलले सहभागिता जनाउनुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । सो कार्यक्रममा उनले सम्बोधन गर्नेछिन् ।



    पौडेलले श्रीलङ्काका राष्ट्रपति र प्रधानमन्त्रीसँग शिष्टाचार भेट गर्ने तथा त्यहाँको उच्च नेतृत्वसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । मन्त्री पौडेल माघ २० गते कोलम्बो प्रस्थान गर्ने र माघ २५ गते काठमाडौँ फर्कने कार्यतालिका रहेको छ ।

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार