Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दोलखाको कटुवाचौरमा आगलागी हुँदा ९ घर जलेर नष्ट

दोलखा । कालिञ्चोक गाउँपालिकाको कटुवाचौर बजारमा आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । बुधबार राति लागेको आगोले बजारका ९ घर पूर्ण रुपले जलेर नष्ट भएका हुन् ।

प्रहरीका अनुसार आगलागीबाट बजार क्षेत्रमा रहेको सन्तोष सेँढाई, दुर्गा दहाल, चित्रप्रसाद सेँढाई, स्वस्तानी खड्का, शङ्कर ओली, पुस्कर ओली, रुद्रबहादुर ओली, गोपीलाल थामी, कमला खाती, रामबहादुर थामीको घर जलेर पूर्ण रुपमा नष्ट भएको छन् ।

गएराति ११ बजेदेखि लागेको आगो अझै निभाउन नसकिएको कालीञ्चोक गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज ओलीले जानकारी दिए ।

आगलागीमा केही पशुचौपाय पनि जलेको बताइएको छ । विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिए पनि आगलागीको कारण खुल्न सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077