Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सचेतक लेखकले भने - राष्ट्रिय सहमतिका लागि छलफल गर्न कांग्रेस तयार छ

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका मुख्य सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भन्दै आएको राष्ट्रिय सहमतिका लागि छलफल गर्न पार्टी तयार रहेको बताएका छन् ।

मुख्य सचेतक लेखकले प्रधानमन्त्री दाहालले भनेको राष्ट्रिय सहमतिका लागि छलफल गर्न पार्टी तयार रहेको बताएका हुन्।

धुम्बाराहीमा बसेको दलको कार्यसमिति बैठक पछि उनले भने, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमति भनिरहनुभएको छ। उहाँले सर्वदलीय बैठकमा पनि भन्नुभएको थियो ।

हामी सहमति गरेर जाने कुराको बारेमा छलफल गरेर जान तयार छौँ। उहाँको प्रस्ताव, एजेण्डा के हो भन्नेबारेमा सोचिरहनुभएको छ होला। हामी छलफलका लागि तयार छौँ।’

मुख्य सचेतक लेखकले आगामी फागुन २५ गते हुन गइरहेको राष्ट्रपति निर्वाचनका लागि कांग्रेसले तयारी गरिरहेको पनि बताए।

कांग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकबाट राष्ट्रपतिमा उम्मेदवारी दिने निर्णय यसअघि नै गरिसकेको थियो।

सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार बिहान बसेको संसदीय दल कार्यसमिति बैठकले माघ २३ गते हुन गइरहेको राष्ट्रियसभा उपाध्याक्ष निर्वाचनमा उम्मेदवारी दिने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077