Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको संकेत

    सरकारलाई दिएको समर्थन फिर्ता लिने नागरिक उन्मुक्तिको संकेत

    अनलाइन नेपाल
  • बिहिबार, १९ माघ २०७९
  • 633
    SHARES

    काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गरेकी छन्।

    नागरिक उन्मुक्तिका सांसद अरुणकुमार चौधरी समातिएपछि सामाजिक सञ्जाल फेसबुकमा प्रतिकृया दिदै यस्तो संकेत गरेकी हुन् ।



    उनले फेसबुकमा लेखेकी छन्, ‘अपराधी थारुलाई मात्र देख्ने सरकारलाई हाम्रो समर्थन तिमीलाई चाहिदैन रहेछ।’



    चौधरी गएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर–२ बाट निर्वाचित भएका थिए । ०६६ सालमा ट्याक्टरमा आगो लगाएको अभियोगमा जिल्ला अदालत कैलालीले उनलाई ६ महिना कैद सजाय र आठ लाख १९ हजार रुपैयाँ बिगो भराउने फैसला गरेको थियो ।

    जिल्ला अदालत कैलालीले ०७० वैशाख ९ गते यस्तो फैसला गरेको थियो । कैलालीको गोरांगा खोलाबाट ढुंगा लिएर लम्कीतर्फ जाँदै गरेको ट्याक्टरमा ०६६ भदौ ३ गते आगजनी गरिएको थियो । मुद्दा खेपेका बेला जमानीमा रिहा भएका चौधरी फैसलाको बखत नै फरार रहेको फैसलामा उल्लेख छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार