Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उपेन्द्र यादवको चेतावनी - सरकारलाई दिएको समर्थन फिर्ता लिन्छौं, सडक संघर्षमा उत्रिन्छौं

वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संघीय सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

बिहीबार वीरगन्जमा आयोजित पार्टीको जिल्ला स्तरीय अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो चेतावनी दिएका हुन् ।

सरकारमै रहेका दलहरूले संघीयता र समावेशीता जस्ता राजनीतिक उपलब्धी समाप्त गर्ने षडयन्त्र गरिरहेको उनले बताए ।

‘यदि संघीयता र समावेशीता विरुद्ध सत्ताधारी दल र मन्त्रीहरू लागिरहे सरकारलाई दिएको समर्थन फिर्ता लिएर जसपा सडक संघर्षमा उत्रिन्छ,' यादवले भने ।

यसका लागि तयार रहन जसपाका नेता कार्यकर्ताहरूलाई उनले निर्देशन पनि दिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077