Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सांसद पक्राउको विरोधमा लुम्बिनी प्रदेश सभा बैठक अवरुद्ध

काठमाडौं । प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरीलाई पक्राउ गरेको विरोधमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले लुम्बिनी प्रदेश सभा बैठक अबरुद्ध पारेका छन।

शुक्रबार प्रदेश सभाको बैठक शुरू हुने वितिक्कै उन्मुक्ति पार्टीका सांसदले बिरोध जनाएका हुन्। उनीहरूले सांसद चौधरीलाई रिहा गर्न माग गर्दै नाराबाजी गरेका थिए।

सांसदहरूले नाराबाजी गरेपछि सभामुख वसन्त घर्तीले प्रदेश सभाको बैठक स्थगित गरेका छन्। केही समयका लागि बैठक स्थगित गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ।

सांसद चौधरीलाई आगजनीको मुद्दामा १० वर्षअघि अदालतले दोषी ठहर गरेको थियो। त्यही मुद्दामा अदालतको फैसला कार्यान्वयन गराउने क्रममा कोहलपुरबाट पक्राउ गरि उनलाई कैलाली कारागार चलान गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077