सुर्खेत । कर्णाली प्रदेश सरकारमा मुख्य न्यायाधिवक्तामा नरबहादुर खड्का नियुक्त भएका छन् ।
नवनियुक्त मुख्य न्यायधिवक्ता खड्काले आजै शपथ ग्रहणसमेत गरेका छन्।
कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माको सिफारिसमा खड्कालाई प्रदेश प्रमुख तिलक परिवारले नियुक्त गराएका हुन् ।
उनलाई नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम नियुक्त गरिएको हो।