Jun 20 2026 | २०८३, आषाढ ६ गते

20 Jun 2026 | शनिवार, आषाढ ६ गते २०८३

शनिवार, आषाढ ६ गते २०८३
images
images

माधव नेपाल र नारायणकाजी श्रेष्ठबीच भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातामन्त्री नारायणकाजी श्रेष्ठबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो एकीकृत समाजवादीको पार्टी कार्यालय आलोकनगरमा भेटवार्ता भएको हो ।

भेटमा श्रेष्ठले वर्तमान सरकारलाई साथ दिन आग्रह गरेको बुझिएको छ । सरकारलाई विश्वासको मत दिएपनि एकीकृत समाजवादी प्रतिपक्षको भूमिकामा छ ।

सत्ता गठबन्धनमा खटपट भइरहेका बेला प्रधानमन्त्री प्रचण्डलाई जानकारी दिएरै श्रेष्ठ माधव नेपाललाई भेट्न गएको स्रोतको दाबी छ ।

नेकपा एसलाई पनि सरकारमा ल्याउन प्रधानमन्त्रीले चाहेका छन् । तर नेकपा एमालेले नचाहेसम्म एसलाई भित्र्याउन नसकिने माओवादी नेताहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077