Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

एमाले अध्यक्ष ओली, लामिछाने र लिङ्देनबीच बालकोटमा वार्ता

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनबीच वार्ता भएको छ ।

गृह मन्त्रालय पाउनुपर्ने भन्दै रास्वपाले सरकार छाड्ने चेतावनी दिइरहेका बेला उनीहरुबीच शुक्रबार साँझ ओली निवास बालकोटमा वार्ता भएको हो ।

भेटमा उनीहरुबीच गठबन्धनभित्र कसरी बलियो भएर जाने भन्ने विषयमा छलफल भएको बताइएको छ । एमाले अध्यक्ष ओलीले भन्दासमेत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृह मन्त्रालय छाड्न तयार नभएपछि उनीहरू छलफलमा जुटेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले लामिछानेको मुद्दा टुंगो नलागेसम्म धैर्यता गर्नुपर्ने र राष्ट्रति निर्वाचनका विषयमा पनि राष्ट्रिय सहमति गर्नुपर्ने बताउँदै आएका छन्। जसका कारण ओली र लामिछाने असन्तुष्ट छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री प्रचण्डलाई गृह मन्त्रालयबारे निर्णय गर्न दुई दिनको अल्टिमेटम दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077