Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

प्रतिपक्षी दलहरूले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार टुंगो भोलि लगाउने

काठमाडौं । प्रतिपक्षी दलहरूले राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवार आइतबार बिहानसम्म टुंगो लगाउने भएका छन्।

शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालमया आयोजित विपक्षी दलहरूको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विपक्षी दलका तर्फबाट भोलि बिहानसम्म उम्मेदवार तोक्ने निर्णय गरेको हो।

बैठक सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा कांग्रेससहित एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चाका नेताहरू सहभागी थिए।

राष्ट्रपति र राष्ट्रियसभाको उपाध्यक्ष निर्वाचन नजिकिँदै गर्दा कांग्रेसले विपक्षी दलहरुको बैठक बोलाएको हो। राष्ट्रियसभा उपाध्यक्षको निर्वाचन माघ २३ मा हुँदैछ भने राष्ट्रपति निर्वाचन फागुन २५ गतेका लागि तय भएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077