काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पाँचौँ केन्द्रीय समिति बैठक आज पनि बस्दैछ ।
काठमाडौँमा शनिबारबाट सुरु भएको सो पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन तथा महासचिव बेदुराम भुषालले साङ्गठनिक प्रतिवेदन पेस गरेका थिए ।
अध्यक्ष नेपाल, महासचिव भुषाललगायतले पेस गरेको प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ ।
बैठक आज समापन गर्ने तयारी रहेको छ ।