Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

सुपर लघुवित्तको सञ्चालक समिति निलम्बित

काठमाडौं । नेपाल राष्ट्र बैंकले सुपर लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिलाई निलम्बन गरेको छ ।

दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको उक्त लघुवित्तका सञ्चालकले नक्कली ऋणी खडा गरी ऋण प्रवाह गरेकाले निलम्बन गरेको हो।

यही माघ २३ गतेदेखि लागु हुने गरी उक्त लघुवित्तलाई राष्ट्र बैंकको नियन्त्रणमा लिएर व्यवस्थापन समूह नियुक्त गरिनेछ । सोही समूहबाट संस्थाको व्यवस्थापन तथा सञ्चालन गर्ने व्यवस्था गरिएको केन्द्रीय बैंकले जनाएको छ ।

कम्पनीको गएको असोजमा प्राथमिक पुँजी कोष ३४.३० प्रतिशत र पुँजी कोष ३२.६५ प्रतिशतले ऋणात्मक थियो । कम्पनीको बचत पनि निरन्तर घट्दै गएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले केही समय नियन्त्रणमा लिएर उक्त संस्था पुनः नयाँ सञ्चालक समितिलाई नै फिर्ता गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077