Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

केपी ओलीले भने - सत्तामा जान नपाउँदा कांग्रेस छट्पटाइरहेको छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पानीबाहिरको माछा जस्तै छटपटाएको टिप्पणी गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यतिबेला नेपाली कांग्रेस पानी बाहिरको माछा जस्तो छटपटाएको देखिन्छ । नेपाली कांग्रेस सत्ता बाहिर आफ्नो अस्तित्व आफैं विश्वास गर्न नसक्ने अवस्थामा पुगेको छ ।सत्ता बाहिर रहँदा सत्तामा विग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव नेपाली कांग्रेससँग राम्रै छ।’

कांग्रेसले आफूलाई प्रतिपक्ष भनेर स्वीकार्न नसकेको ओलीको भनाई छ । पुस १० मा आफ्नो पहलमा पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार बनेदेखि कांग्रेसमा छटपटी भएको बताए ।

उनले कांग्रेस संसदमा खेलेको भूमिकालाई विचित्रको संज्ञा दिए। पुस २६ मा प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको र एमाले उम्मेदवारहरुविरुद्ध उम्मेदवार उठाएको प्रसंग जोडेर उनले यस्तो बताएका हुन्।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077