Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

संसदमा एमाले ओलीकाे प्रश्न - हामी कहिलेसम्म मदारीको जमुरे भएर बसिरहने?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूहरू सत्ता लिप्साको पक्षमा नरहेको स्पष्ट पारेका छन्।

आइतबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले आफूहरू सत्ता लिप्सामा नरहेको बताएका हुन्।

उनले भने,'हाम्रो चाहना प्रयास र खोजी स्थिरताको रह्यो । हाम्रो वर्तमान अनिश्चय, डर र विभिन्न खालका साँठगाँठले आक्रान्त हुने गरेका छन् । देश र जनतालाई आकार दिने राजनीति आफैँ भइपरि आउने अवसर पर्खिरहेको छ । हामी कहिलेसम्म मदारीको जमुरे भएर बसिरहने ?'

अध्यक्ष ओलीले देशमा राजनीतिक अस्थिरता बढेको बताए। उनले संविधान निर्माण भएको सात वगर्षमा सातवटा सरकार गठन भएको समेत दाबी गरे।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077