काठमाडौं । नेकपा एकीकृत समाजवादीले आउँदो २०८० साल फागुनमा पार्टीको राष्ट्रिय महाधिवेशन गर्ने भएको छ ।
शनिबार र आइतबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको पाँचौँ बैठकले महाधिवेशनको मिति तय गरेको हो ।
यसैगरी आइतबारको बैठकले शान्ति र स्थायित्वका लागि सक्दो भूमिका खेल्ने तथा पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ ।
बैठकले पार्टी सङ्गठन सुदृढ गर्न जेठ मसान्तसम्मको कार्ययोजना बनाएर अघि बढ्ने निर्णय गरेको छ। एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबार र आइतबार बसेको थियो।
समाजवादी कार्यदिशा अँगालेका सम्पूर्ण वामपन्थी र कम्युनिष्ट पार्टीलाई राष्ट्रिय सार्वभौमिकताको रक्षा गर्दै समाजवादउन्मुख आर्थिक सामाजिक रुपान्तरणका लागि एक भएर अगाडि बढ्ने निर्णय गरेको छ।
एसका अध्यक्ष माधव कुमार नेपालले पाँचौँ केन्द्रीय कमिटीको बैठकमा २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए।