Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रविले निस्फिक्री बोले, दागा धर्नुभन्दा जवाफ दिनु राम्रो : गोकुल बाँस्कोटा

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य गोकुल बाँस्कोटाले रास्वपाका सभापति रवि लामिछाने निष्फिक्री बोलेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बाँस्कोटाले प्रतिरक्षा र जवाफदेहिता अरुको काम भएको बताएका हुन्।

बाँस्कोटाले भनेका छन्, ‘रबिले निष्फिक्री बोले । प्रतिरक्षा र जवाफदेहिता अरुको काम हो। प्रश्न उठेपछि दागा धर्नु भन्दा जवाफ दिनु राम्रो हो।’

हिजोको पत्रकार सम्मेलनमा रविले नेता बाँस्कोटाको नाम लिएका थिए । नेपाली मिडियाको गलत रवैया विरुद्ध बोल्न सक्ने एक मात्र नेताका रूपमा उनलाई चित्रण गरेका थिए ।

मिडियाका विषयमा डटेर सामना गर्ने बास्कोटा भएको लामिछानेले् आइतबार सार्वजनिक रुपमा अभिव्यक्ति दिएपछि बाँस्कोटाको यस्तो प्रतिक्रिया आएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077